Featured
Recent Posts

Thursday, January 21, 2016

इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ ।

हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई नेपाली सेनाको दुई नम्वर वाहिनी धनकुटामा कार्यरत दल गुल्म खादवारीका ३१ वर्षिय सिपाहीले नवराज शाहिले महिलालाई तालतलैयामा लगी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो । 

 
महिलालाई गत पुस १९ गते घुमाउँन भन्दै तालतलैया गएको र उनीहरु विच विवाद भए पछि झगडाको क्रममा महिलाको हत्या भएको इलाका प्रहरी कार्यलयका डीएसपी ओमप्रसाद अधिकारीले वताए । डीएसपीले भने महिलाको घाँटीमा नङकट र ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको वताए । राईको श्रीमान ४ वर्ष देखि वैदेशिक रोजगारीको सिलसिलमा विदेश गएका थिए । उक्त महिला भोजपुरमा नै एक गेष्ट हाउस सञ्चालन गरेर वस्दै आएको प्रहरीको भनाई छ ।

 

महिलाले गाउँमा पैसा ब्याजमा लगाउँने काम गदै आएको प्रहरी अनुसनधानले देखाएको हो । सेनाको जवान शाहि भोजपुर आउँदा जादा भोजपुरमा भेटघाट भई दुई वर्ष देखि प्रेम सम्वन्ध चल्दै आएको थियो । सेनाको जवान शाहि गत पुष १७ गते नै विदामा गएको थिए । उनीहरु भेडेटारमा भेटघाट गरी दुबै जना आएको शाहिले अनुसन्धानको क्रममा वताएका छन ।
श्रोत पुर्बेली न्युज


 
सिरहा । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अचानक बिरामी परेका छन् । बुधबार कार्यकर्ताहरुसँग छलफल गरिरहेको बेला उनको अचानक रक्तचाप बढेपछि उनी ओच्छ्यान परेको सद्भावनाका महासचिव मनिष सुमनले जानकारी दिए ।सुमनका अनुसार महतोलाई पुरानै समस्या मधुमेह, उच्च रक्तचाप र रिंगटा लाग्ने समस्या दोहोरिएको छ । हालको उनको लहानमा नै उपचार हुँदैछ ।

पुस ११ गते जोगवनी नाका थुन्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका महतो दिल्लमिा दुई साता लामो उपचार गरेर फर्केका थिए । पुस १७ गते दिल्ली गएका उनी ३ माघमा काठमाडौं आएका थिए । -

Tuesday, January 19, 2016


माघ ६, २०७२- फरवार्ड नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाली राष्ट्रिय टिमले मंगलबार माल्दिभ्सको चुनौती ४–१ ले पन्छाउँदै ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनल यात्रा तय गरेको छ । यससँगै नेपाल १७ वर्षपछि फाइनलमा पुगेको हो ।



दशरथ रंगशालामा सन् १९९९ मा आयोजित आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदकका लागि भएको खेलमा बंगलादेशले नेपाललाई १–० ले स्तब्ध पारेको थियो । त्यसयता नेपालले फाइनल खेल्ने पक्का गरेको यसैपालि हो । नेपालले १७ वर्षअघिको सेमिफाइनलमा पनि माल्दिभ्सलाई २–१ ले हराएको थियो ।



ढाकास्थित बंगबन्धु स्टेडियममा नेपालले छैटौं साफ गेम्स १९९३ मा स्वर्णपदक जितेको थियो । त्यसयता नेपाली टिम उपाधिविहीन छ । त्यही स्वर्ण जितेको स्टेडियममा नेपालले शुक्रबार बहराइन यू–२३ विरुद्ध फाइनल खेल्नेछ । बहराइनले पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले
हराएको थियो ।



अखिल नेपाल फुटबल संघ (एन्फा) मा २२ वर्ष अध्यक्ष रहेका गणेश थापामाथि घूस लिएको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गत कात्तिक ३० गतेदेखि १० वर्षका लागि प्रतिबन्ध लगाएको छ ।



त्यस्तै ६ वर्ष राष्ट्रिय टिमको कप्तानी गरेका सागर थापासहित ५ फुटबलरलाई एसियाली फुटबल महासंघ (एएफसी) ले मंसिर १८ गतेयता आजीवन प्रतिबन्ध लगाएको छ । यी दुवै प्रतिबन्धले बदनाम बनेको नेपाली फुटबललाई यसपल्ट ढाकाको प्रदर्शनले गतिलो सम्भावना कायमै रहेको सन्देश दिएको छ ।



बंगबन्धु गोल्डकपको समूह चरणमा श्रीलंकामाथि १–० को सफलतासँगै नेपालले २८ महिनायताको जितविहीन यात्रालाई १२ खेलमा पूर्णविराम लगाएको थियो । मलेसियन सुपरलिगको क्लब फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह ‘ए’मा उपविजेता भएको थियो ।



मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सको अनुपस्थितिमा टिम सम्हाल्ने अवसर पाएका बालगोपाल महर्जनले नेपाली प्रशिक्षकमा पनि जिताउने खुबी भएको प्रमाणित गरेका छन् ।



प्रतियोगितामा पहिलोपल्ट कप्तानी सम्हालेका विराज महर्जनले ढाका जानुअघि ‘उपाधि जित्ने दाबी नगर्ने तर सकारात्मक सन्देश दिने’ बताएका थिए । युवा टिमले उनको भनाइलाई यथार्थमा बदलेको छ ।


काठमाडौँ, ६ माघ – सरकारले आगामी सातादेखि पूर्ण तौल (१४.२ किलो) को सिलिन्डर उपलब्ध गराउने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, वाणिज्य तथा आपूर्ति विभाग र नेपाल आयल निगमको सहमार्यमा आपूर्ति मन्त्रालयले आगामी सातादेखि पूर्णतौलको सिलिन्डर उपभोक्तालाई बिक्री गर्ने तयारी गरेको हो । गत असोजदेखि भारतबाट पर्याप्त मात्रामा ग्यासको आपूर्ति नहुँदा सरकारले कात्तिक ११ गतेदेखि १४.२ किलो तौलको ग्यास ७.१ किलोको गरी दुईवटा सिलिन्डरमा बाँड्ने व्यवस्था गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

वाणिज्य विभागका निर्देशक हरिप्रसाद बेलबासेले ग्यासको आपूर्ति बढेकाले भरि सिलिन्डर उपलब्धख गराउन लागिएको जानकारी दिए । अहिले सरकारले आधा तौल भएको सिलिन्डर उपभोक्तालाई बिक्री गर्दै आएको छ ।

रुकुम, ६ माघ । रुकुमकी एक किशोरीलाई हात खुट्टा बाँधेर सामूहिक बलत्कारपछि हत्या गरिएको छ । गत सोमबार दिउसो नजिकैको जंगलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी किशोरीको शव जंगलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेपछि घटना बाहिर आएको हो ।

मंगलबार पोष्टमार्टम पछि हातखुटा बाँधेर सामूहिक बलत्कार गरेको रिपोर्ट आएको थियो । उनलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरुले धम्की दिँदै आएको आफन्तले बताएका छन् ।

बलात्कारीको कुनै पहिचान हुन नसकेका बेला प्रहरीले भने खोजीका र्य भइरहेको जनाएको छ । किशोरीलाई धम्की दिएको नम्बरबाट अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ, ६ माघ - अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा १७ वर्षपछि मंगलबार बंगबन्धु गोल्डकपको फाइनलमा प्रवेश गरेर नेपाल उपाधिनजिक पुगेको छ।

सिनियर नेपाली टोली यसअघि सन् १९९९ मा काठमाडौंमै सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनलमा पुगेको थियो। त्यतिवेला नेपाल बंगलादेशसँग १-० ले पराजित भयो। त्यसपछि नेपाल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको थिएन।

उपाधि जिते दुई लाख
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाली टोलीले उपाधि जिते प्रत्येक खेलाडीलाई जनही दुई लाख दिने घोषणा गरेका छन्। नेपाल उपविजेता बने पनि खेलाडीलाई आर्थिकसहित भव्य सम्मान गर्ने उनले बताए। ‘नेपाली खेलाडीले उपाधि जिते, प्रत्येकलाई दुई लाख जनही पुरस्कार दिने व्यवस्था गछौँ,’ उनले भने, ‘फाइनल नतिजा जस्तो आए पनि हामी युवा खेलाडीको भव्य स्वागत र सम्मान कार्यक्रम आयोजना गछौँ।’

१७ वर्षपछि माल्दिभ्समाथि जित
बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्सको यू–२३ टोलीविरुद्ध ४–१ को जित निकाल्यो । यो माल्दिभ्समाथि १७ वर्षपछिको जित हो । सन् १९९९ को आठौँ साफ खेलकुदमा सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । नेपालले माल्दिभ्सलाई हराउँदा फुटबलर बालगोपाल महर्जन र उपेन्द्रमान सिंहले खेलेका थिए । यसपटक महर्जन र सिंह प्रशिक्षक छन् ।

अहिलेसहित चारपटक फाइनलमा
फुटबलमा नेपालको लामो इतिहास छ । तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा चारपटक मात्र फाइनलमा प्रवेश गरेको छ । सन् १९८३ मा काठमाडौंमै सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुद ९साफ०मा फाइनलमा पुगेर नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौँ साफमा पनि नेपालले टाइब्रेकरमा भारतलाई स्तब्ध पार्दै स्वर्ण जित्यो । सन् १९९९ को आठौँ साफको फुटबलमा फाइनलमा पुगेको नेपाल बंगलादेशसँग १–० ले पराजित भयो । बंगबन्धु गोल्डकपको फाइनल नेपालको चौथो फाइनल यात्रा हो ।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उद्घाटन कार्यक्रममा चीन पुगेका अर्थमन्त्री विष्णु पौडेलले नेपालको पूर्वाधार विकासमा लगानी गर्न चिनियाँ समकक्षी , वित्तीय संस्था र लगानीकर्तालाई आग्रह गरेका छन् ।
भूकम्पीय धक्का, तराईमा भइरहेको आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकको अर्थतन्त्र थिलोथिलो भएका वेला पुस ३० गते चीन उडेका अर्थमन्त्री पौडेलले बैंकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको जलविद्युत्त उत्पादन, प्रसारण र यातायात क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरे र
बैंकका नवनियुक्त अध्यक्ष जिन लिक्विनसँगको भेटवार्तामा पनि पौडेलले नेपालको आर्थिक तथा पूर्वाधार विकासबारे द्विपक्षीय छलफल गरे । आजको कारोबार दैनिकमा खबर छ ।