Tuesday, January 19, 2016

हात खुट्टा बाँधेर किशोरीको बलात्कार पछि हत्या, शव रुखमा बाँधेको अवस्थामा बरामद -

रुकुम, ६ माघ । रुकुमकी एक किशोरीलाई हात खुट्टा बाँधेर सामूहिक बलत्कारपछि हत्या गरिएको छ । गत सोमबार दिउसो नजिकैको जंगलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी किशोरीको शव जंगलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेपछि घटना बाहिर आएको हो ।

मंगलबार पोष्टमार्टम पछि हातखुटा बाँधेर सामूहिक बलत्कार गरेको रिपोर्ट आएको थियो । उनलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरुले धम्की दिँदै आएको आफन्तले बताएका छन् ।

बलात्कारीको कुनै पहिचान हुन नसकेका बेला प्रहरीले भने खोजीका र्य भइरहेको जनाएको छ । किशोरीलाई धम्की दिएको नम्बरबाट अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment