भक्तपुर, माघ ३ । खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका– १ लायकुमा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति आगलागी हुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
जलेकी महिलाको मृत्यु
गौशाला – महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहिएर पूरै जिउ जलेकी एक महिलाको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने ३५ वर्षीया दिव्यादेवी पूर्वे रहेको परिवारजनले जनाएका छन् ।
गत पुस १० गते साँझ घरमा खाजा पकाइरहेको क्रममा ग्यास चुहिएर शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते भएकी पूर्वेको उपचार भारतको पटनास्थित अस्पतालमा भइरहेकामा आइतबार बिहान ५ बजे मृत्यु भएको निजका पति सञ्जय साहले बताए ।
सो आगलागीमा परी ४० वर्षीय सञ्जय साह र जलेश्वर १४ बस्ने १६ वर्षीय कामदार कुन्दन चौधरी पनि घाइते भएका थिए । उनीहरुलार्य भने उपचारपछि निको भएको छ । रासस
Saturday, January 16, 2016
- Home
- Nepali News
- ग्यास चुहिएर आगलागी हुँदा दुईजनाको मृत्यु
ग्यास चुहिएर आगलागी हुँदा दुईजनाको मृत्यु
Posted By Unknown
On 10:13 PM

0 comments:
Post a Comment