Saturday, January 16, 2016

राजेन्द्र महतो आज स्वदेश फर्किदै, वेलुकी प्रधानमन्त्री ओलीसँग भेट गर्ने

काठमाडौं, ३ माघ - प्रधानमन्त्री केपी शर्मा ओली र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोवीच भेटबार्ता हुने भएको छ।

भारतबाट आइतवार दिउँसो स्वदेश फर्किएपछि महतोले साँझ ७ बजे प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। भेटमा मधेसी मोर्चाले उठाएका ११ बुँदे मागबारे छलफल हुने सुमनले बताए।

सद्भावनाले सुनसरीको विराटनगरस्थित रानी भन्सार नाका अबरोधका क्रममा महतोसहित आफ्ना कार्यकर्तामाथि भएको घटनाबारे सरकारले माफी नमागेसम्म वार्तामा पनि नबस्ने घोषणा गरेको थियो। तर सोही दलका अध्यक्ष महतोले आइतवार स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न लागेका हुन्।

महतोको दल सद्भावना यसअघि हिजो बसेको कार्यदलस्तरको बैठकमा पनि सहभागी भएको थियो। यसैवीच महतोले भोलि कांग्रेस सभापति सुशील कोइराला, एमाअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवासँग मधेस आन्दोलनको समस्या समाधान गर्नेबारे छलफल गर्ने कार्यक्रम छ। -

0 comments:

Post a Comment