Saturday, January 16, 2016

आइएसको आक्रमणमा परि एक सय ३५ जनाको मृत्यु ::

काठमाडौँ, ३ माघ - सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि एक सय ३५ जनाको ज्यान गएको छ।

सिरियाको उत्तरी क्षेत्र दिर अल जोर क्षेत्रमा आइसले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक तथा सरकारी सैनिकको ज्यान गएको हो। ज्यान जानेमा ८५ जना सर्वसाधारण नागरिक तथा ५० जना सिरियालनी सैनिक रहेको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

तर सिरियाको सरकारी समाचार संस्था सानाले भने दिर अल जोर शहरको बागलियामा आइएसको आक्रमणमा परि कम्तिमा तीन सय जना नागरिकको ज्यान गएको उल्लेख गरेको छ।

यसैबिच संयुक्त राष्ट्रसंघले दिल अल जोरको अवस्था लगातार बिग्रँदो रहेको भन्दै चेतावनी दिएको छ। त्यस क्षेत्रमा झण्डै दुई लाख नागरिकको बसोबास छ। त्यहाँका महिला तथा बालकालिकाको अवस्था अति नै नाजुक रहेको भन्दै राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयले चिन्ता व्यक्त गरेको छ।

सरकारी सेनाको नियन्त्रणमा रहेको दिर अल जोरमा आइएसले शनिबार बेलुकादेखि आक्रमण सुरु गरेको हो। आइएसका कार्यकर्ताले कार बम बिस्फोट गएराका छन् भने सरकारी सेनाले हवाई आक्रमण गरिरहेको स्थानीय बासिन्दाले बताएका छन्।

आइएसले शहरको ६० प्रतिशत भाग कब्जा गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ। सिरियामा गएको पाँच वर्षदेखि जारी द्वन्द्वको क्रममा अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरैको ज्यान गइसकेको छ। एजेन्सी

0 comments:

Post a Comment