काठमाडौँ, ५ माघ - बार्सिलोनाका पूर्व खेलाडी जाभीले लियोनल मेस्सी, लुइस स्वारेज र नेइमार फुटबल इतिहासकै सबै भन्दा उत्कृष्ट स्टाइकर रहेको बताएका छन्।
जाभीले मेस्सी, स्वारेज र नेइमारसँगै बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिक निकै उत्कृष्ट रहेको बताएका हुन्। मेस्सी र नेइमार फिफा बोलोन डी’ओरका अन्तिम तीनमा परेका थिए। मेस्सीले कीर्तिमानी पाँचौं पटक बालोन डी’ओर जितेका थिए। मेस्सी, नेइमार र स्वारेजले गएको सिजन बार्सिलोनालाई ला लिगा, च्याम्पियन्स लिग तथा कोपा डेल रेको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
यस्तै उनीहरुले बार्सिलोनालाई गएको डिसेम्बरमा क्लब वर्ल्ड कपको उपाधि पनि दिलाएका थिए। राम्रो प्रदर्शन गरिरहेका स्वारेज ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा १८ गोलसहित शीर्ष स्थानमा छन्।
प्रशिक्षक इन्ड्रिकले बार्सिलोनालाई विकसित गरेको जाभीको भनाई छ । मेस्सी, स्वारेज र नेइमार भएपनि कुनै तयारीको आवश्यकता नै नपर्ने जाभीको भनाई छ। तीन नै खेलाडी प्रत्येक खेलमा ह्याट्रिक गर्न सक्षम रहेको उनको भनाई छ। एजेन्सी -
0 comments:
Post a Comment