Tuesday, January 19, 2016

ट्रकले ठक्कर दिँदा सशस्त्रका सइको घटनास्थलमै मृत्यु

विराटनगर, माघ ५ । कोसी राजमार्गअन्तर्गत् विराटनगरको मुनालपथमा मंगलबार अपराह्न भएको सवारी दुघर्टनामा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक जर्नादन तिम्सिनाको मृत्यु भएको छ ।

को१८प ८८६८ नम्बरको मोटरसाइकलमा सवार तिम्सिनालाई ना२ख ६९९२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ ।

उनी मोरङको सीमा सुरक्षा कार्यालय रानीमा कार्यरत थिए । दुर्घटनाको समयमा उनी घरबाट कार्यालय जाँदै थिए -

0 comments:

Post a Comment